कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिकको मृत्यु

काठमाडौँ । काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायब निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा सई खत्रीको आइतबार मृत्यु भएको हो  ।

फागुन २० मा जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उनि घाइते भएका थिए । दुर्घटना गराउने बसका चालक नवराज गिरीलाई प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *