पूर्व उपराष्ट्रपतिका छोरा जितेन्द्रमाथि अनुसन्धान गर्न गृहमन्त्री लामिछानेको निर्देशन
२०८० फागुन २७ गते

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्रमाथि अनुसन्धान गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन् । आइतबार आईजीपी वसन्त कुँवरलाई जितेन्द्रमाथि छानबिन गर्न मन्त्री लामिछानेले भनेका हुन् ।
जितेन्द्र पूर्व उपराष्ट्रपति पुनका जेठो छोरा हुन् । उनले ४ वर्षअघि चीनबाट अवैध रूपमा सुन ल्याएको आरोप लागेको छ । जितेन्द्रले चिनियाँ कारोबारीबाट तमसुक गरेर सुन ल्याएर भुक्तानी नदिएपछि सो विषय सार्वजनिक भएको हो ।
२०८० फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित








