जनताको सेवा गर्न वरियताले फरक पर्दैन : उपेन्द्र यादव (भिडिओ)

काठमाडौं । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्न वरियताले फरक नपर्ने बताएका छन् ।

आईतवार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पटकपटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको तपाईले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपछिको वरियतामा बस्न किन चाहनुभयो ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा उनले जनताको सेवा गर्नेलाई वरियताको मतलव नहुने बताए ।

‘जनतालाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने हो’ उनले भने ‘म ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता हुँदैन, जनताको सेवा गर्ने हो, त्यस्ता कुरामा ध्यान दिएर साध्य छैन ।’

उनले ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ दिए । उनले स्वास्थ्योपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्वास्थ्योपचारलाई सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने बनाउने निर्णय गरे ।

‘आवश्यक सर्जरीका लागि, बिरामीहरुको लामो लाइन लाग्ने जुन अवस्था रहेको छ’ उनले थपे ‘समय लिनका लागि, एपोइमेण्ट लिनका लागि त्यसलाई सहज बनाउने र त्यसलाई अनलाइन वा डिजिटल प्रविधिमार्फत घरैबाट पनि अपोइमेण्ट लिनसक्ने र लामो भीड नहोस् र समयमा सबैले उपचार र सेवा पाओस् ।’

उनले स्वास्थ्य क्षेत्रको सुधार गर्दै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउनु आफ्नो पहिलो दायित्व रहेको बताए ।

उनले भने– ‘नेपालको स्वास्थ्यमन्त्रालय अन्तर्गतका अस्पतालहरु, उपचारकेन्द्रहरु बनाउन सकिन्छ र त्यसलाई विकास गर्दै अघि जाने हो । स्वास्थ्यको उपचार सहज रुपमा सबैको पहुँचमा कसरी पु¥याउने नै अहिलेको ठूलो चुनौति रहेको छ । अन्य प्राविधिक कार्यहरु त्यसकै लागि हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =