स्वास्थ्यमन्त्री बने उपेन्द्र यादव, वनमा नबलकिशोर
२०८० फागुन २७ गते

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बनेका छन् ।
उनले आइतबार राष्ट्रपति समक्ष सपथ ग्रहण गरे ।
उनीसँगै नबलकिशोर साहले पनि सपथ ग्रहण गरेका छन् । साह वन मन्त्री नियुक्त भएका हुन् ।
यादव अहिले पाँचौ पटक उपप्रधानमन्त्री बनेका हुन् ।
यससंगै दाहाल नेतृत्वको वर्तमान सरकारमा चार उपप्रधानमन्त्री बनेका छन् ।
एमालेबाट रघुवीर महासेठ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव उपप्रधानमन्त्री बनेका हुन् ।
दाहाल नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्रीहरुको संख्या २२ पुगेको छ ।



२०८० फागुन २७ गते
प्रतिक्रिया








