लिभरपुल र सिटीलाई पछि पार्दै आर्सनल शीर्ष स्थानमा

काठमाडौं । आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । ब्रेन्टफर्ड माथि शनिबार २-१ को जित निकाल्दै आर्सनल शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

आर्सनलको जितमा डेकलन राइस र काई हाभेर्ट्जले गोल गरे । पहिलो हाफको अन्त्यतिर आर्सनल गोलरक्षक एरन राम्सडेलले क्लियर गर्न खोजेको बल योआन विस्सालाई लागेर पोस्टमा पुगेको थियो ।

शीर्ष स्थानमा उक्लिएको आर्सनलको २८ खेलमा ६४ अंक भएको छ । एक खेल कम खेलेका दोस्रोको लिभरपुल ६३ र तेस्रो स्थानको म्यानचेस्टर सिटीको समान ६२ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *