प्यारासुट खोल्न नसक्दा उत्तरपश्चिम गाजामा ५ प्यालेस्टाइनीको मृत्यु, केही घाइते
२०८० फागुन २६ गते

एजेन्सी । उत्तरपश्चिमी गाजामा एक प्यारासुट खोल्न असफल भएपछि बक्समा ठोक्किएर ५ जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् ।
गाजामा प्यालेस्टाइन सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालका अनुसार गाजा सहरको उत्तरपश्चिम क्षेत्रका बासिन्दाहरूको घरमै विमानद्वारा सहायता लगिँदै थियो ।
गाजाका मानिसहरूलाई खाद्यान्न, पानी, औषधि र आश्रयको ठूलो अभाव भएको थपिएको छ । इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स, फ्रान्स, नेदरल्याण्ड्स र संयुक्त राज्य अमेरिकालगायत धेरै देशहरूले पट्टीमा खाद्यान्न सहायताका लागि एक सातादेखि संयुक्त अभियान सञ्चालन गरिरहेका छन् ।
२०८० फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित








