सुदूरपश्चिम : ७ सदस्यीय सरकारमा ६ मन्त्री कैलालीका

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले चौथो पटक सरकार विस्तार गरेको छ । शुक्रबार उनले नागरिक उन्मुक्तिका तीन मन्त्रीलाई नियुक्त गर्दै सरकार बिस्तार गरेका हुन् ।

अल्पमतमा हुँदा हुँदै उनले असमावेशी रुपमा सरकार विस्तार गरेका छन् । प्रदेशमा ९ जिल्ला भएपनि तर सबैको प्रतिनिधित्व नहुने गरी मन्त्रीमण्डल बिस्तार भएको हो । सात सदस्यीय सरकारमा कैलालीका मात्रै ६ मन्त्री रहेका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट मात्रै बैतडीका हुन् ।

मुख्यमन्त्री शाह कैलाली प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभाबाट निर्वाचित भएका थिए । त्यसै क्षेत्रको अर्को प्रदेशसभाबाट निर्वाचित रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् । घनश्याम चौधरी आर्थिक मामिलामन्त्री नियुक्त हुँदा खुसीराम चौधरीले विनाविभागीय मन्त्री बनेका छन् ।

भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा पनि कैलालीबाट निर्वाचित हुन् । कैलालीबाट समानुपातिक सांसद भएकी इन्दिरा गिरीले भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको कांग्रेस सरकार अल्पमतमा परेको छ । केही दिनअघि माओवादीका तीन र एकीकृत समाजवादीका एक मन्त्रीलाई हटाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *