प्रचण्डलाई सुधार्न नयाँ गठबन्धन बनायौँ : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्ड प्रवृत्तिलाई स्थिर बनाएर देशलाई आर्थिक संकटबाट मुक्ति गर्न एमालेले कोसिस गर्ने दाबी गरेका छन् ।

शुक्रबार प्रेस चौतारी गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बादलले पुरानो गठबन्धनको आन्तरिक कारण, पार्टी र जनदबाबले सरकार विगठन भएको बताएका हुन् ।

सरकारलाई स्थायित्व दिन एमाले सरकारमा गएको बताउँदै उनले वर्तमान गठबन्धन सरकारलाई अवसर र चुनौती दुबै रहेको बताए ।

पूर्व गृहमन्त्री बादलले भने,‘सरकारमा अवसर र चुनौती दुबै रहेका छन् ।

जनताका आधारभूत आवश्यकता पूरा गर्न र सरकारलाई स्थायित्व दिन एमाले सरकारमा गएको हो ।’

उनले देशलाई संकटको भूमरीबाट मुक्त गर्न एमाले पार्टीले विभिन्न अभियान सञ्चालन गरेको बताए ।

उनले नेकपा एमालेको नेतृत्वमा नयाँ गठबन्धन खडा भएको र संकटको भूमरीबाट देशलाई मुक्त गर्न पार्टीले ठोस कदम चालिरहेको दाबी गरे ।

उनले भने, ‘मुलुकको स्थिरताको लागि अहिलेको गठबन्धन बनेको छ । देशलाई समृद्धितर्फ उन्मुख गराउने दायित्व अब एमालेले पूरा गर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =