जसपाबाट सरकारमा जान उपेन्द्रसहित तीन जनाको नाम टुंगियो

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ।

बिहीबार सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जाने निर्णय गरेको हो।

वन तथा वातावरण मन्त्रीमा नवलकिशोर साह र स्वास्थ्य राज्यमन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *