झापा र पाल्पाबाट जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौँ । झापा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पश्चिम बर्दाघाट नगरपालिका–७ बेलानी बस्ने ३० वर्षीय जीवन थापालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जीवनले झापा मेचिनगर नगरपालिका–८ जोरसिमलस्थित कोठामा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै पाल्पा, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका–३ बस्ने २१ वर्षीय बुद्ध बहादुर विकलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पाल्पा तानसेन नगरपालिका–९ दमकडा बेलडाँडास्थित एक घरमा विकले ती किशोरीलाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र अस्थायी प्रहरी पोष्ट माडिफाँटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =