क्यान्सर पीडित कीर्तिपुर-१ का वडाध्यक्ष महर्जनको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । क्यान्सर रोगबाट पीडित महर्जनको बुधबार कीर्तिपुर-१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो ।

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गरे । महर्जनलाई हिजो नै अस्पतालबाट घर लगिएको थियो ।

६० वर्षीय महर्जन २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कीर्तिपुर-१ को अध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष महर्जनको निधनपछि कीर्तिपुरका २ वटा वडाध्यक्षविहीन भएका छन् ।

गत वैशाख १ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भई उपचाररत कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामराजा अधिकारीको वैशाख १० गते निधन भएको भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *