महिला अधिकारका लागि जारी गरिएको ११ बुँदे घोषणापत्रमा के छ ?
२०८० फागुन २३ गते

काठमाडौँ । महिला अधिकारका लागि विश्व महिलावादी मञ्चद्वारा अनुमोदित ११ बुँदे घोषणापत्र सार्वजनिक गरिएको छ ।
आज महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले पत्रकार सम्मेलन गरी उक्त घोषणापत्र सार्वजनिक गरेको हो ।
ओरेक नेपालका अध्यक्ष डा.रेनु अधिकारीले घोषणापत्र सार्वजनिक गरेकी हुन् ।
विश्वव्यापी रूपमा वातावरणीय ह्रास, पर्यावरणीय अन्यायले महिला पछाडि पारिएका भन्दै न्यायको लागि महिलावादी नेतृत्व, नीति सुधार र स्रोतको न्यायोचित वितरण गर्नुपर्ने घोषणापत्रमा जनाइएको छ ।
युवा, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पूँजीवाद, औपनिवेशिक र पितृसत्ताले जीवनमा पारेका प्रभावको पहिचान तथा विश्लेषण गर्नुपर्ने, रूपान्तरणका लागि राजनीतिमार्फत युवाको नेतृत्व निर्माण मुख्य प्राथमिकतमा राखिएको छ ।
२०८० फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








