प्रहरीको रिपोर्टले भन्यो–‘सुसाइड नोट’शालीनले नै लेखेकी हुन्
२०८० फागुन २२ गते

काठमाडौं । चितवनको होस्टेलमा मृत भेटिएकी १४ वर्षीया शालीन पोखरेलको भनिएको ‘सुसाइड नोट’ उनैले लेखेको पुष्टि भएको छ ।
रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी थिइन् । त्यसपछि उनको ‘सुसाइड नोट’ पनि फेला परेको थियो ।
नेपाल प्रहरीको फरेन्सिक ल्याबको परीक्षणबाट भेटिएको ‘सुसाइड नोट’ उनैले लेखेको पष्टि भएको हो ।
प्रहरी प्रधान कार्यालयस्थित स्रोतले फरेन्सिक ल्याबमा गरिएको परीक्षणबाट उक्त ‘सुसाइड नोट’ शालीनले नै लेखेको पुष्टि भएको जनाएको छ ।
उनले आत्महत्याअघि लेखेको ‘सुसाइड नोट’मा भनिएको छ, ‘सरी एभ्रिबडी, मैले अहिलेसम्म जति पनि गल्ती गरेँ, मेरो मम्मी बाबालाई याद गर्छु भन्दिनु, आईएम सरी!’
शालीनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि उनका बाबुआमा दुवैको उपस्थितिमा मंगलबार दिउँसो अन्त्येष्टि गरिएको छ ।
२०८० फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित








