गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३० हजार ५३४ पुग्यो
२०८० फागुन २२ गते

एजेन्सी । जारी इजरायली आक्रमणबाट गाजा पट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३० हजार ५३४ पुगेको छ ।
इजरायली सेनाले गत २४ घण्टामा १२४ प्यालेस्टाइनीको हत्या गरेको बताइएको छ । आक्रमणमा २१० अन्य घाइते भएको बताइएको छ । अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३० हजार ५३४ र घाइतेको सङ्ख्या ७१ हजार ९२० पुगेको छ ।
२०८० फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित








