मिडफिल्डर प्रीति राईको घुँडाको सफल शल्यक्रिया

काठमाडौं । वाफ महिला च्याम्पियनसिपको फाइनलमा चोटका कारण मैदान छोडेकी नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रीति राईको घुँडाको शल्यक्रिया भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार प्रीतिको सोमबार ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा डाक्टर अमित जोशी नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरेको हो । अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रीतिको शल्यक्रिया सफल भएको र पूर्णरूपमा ठिक हुन विभिन्न कारणमा निर्भर रहने जनाएको छ ।

शल्यक्रियापछि प्रीतिलाई खेलमा फर्किन करिब तीन महिना लाग्ने बताइएको छ । वाफ च्याम्पियनसिपको सेमिफाइनलको लेबनानलाई २-१ ले हराउँदा इन्जुरी समयमा प्रीतिले निर्णायक गोल गरेपछि नेपालले फाइनलसम्मको यात्रा तय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *