गठबन्धनको विघटनले प्रतिगमनको खतरा बढ्यो : मसाल
२०८० फागुन २१ गते

नेकपा (मसाल) ले गठबन्धनको विघटनले प्रतिगमनको खतरा बढेको बताएको छ।
पूर्व गठबन्धनले प्रतिगमन विरुद्ध ऐतिहासिक र महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै पार्टीले त्यसको विघटनबाट प्रतिगमनलाई बल पुगेको बताएको छ।
महामन्त्री मोहनविक्रम सिंहद्वारा सोमबार (फागुन २१ गते) जारी वक्तव्यमा बहुदलीय व्यवस्था, गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको पक्षमा मसाल गम्भीर रहेको बताउँदै त्यसको पक्षमा लगातार सङ्घर्ष गर्ने प्रतिबद्धता वक्तव्यमा व्यक्त गरिएको छ।
तत्कालीन प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबाट संसद विघटनको निर्णयपछि कांग्रेस – माओवादीलगायत पाँच दलीय गठबन्धन बनेको थियो। त्यो गठबन्धनमा मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको थियो।
२०८० फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








