कार्यकक्षमै मृत भेटिए सशस्त्रका डीएसपी

काठमाडौं । मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी मृत अवस्थामा भेटिएका छन् ।

कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्र कुवेर खापुङका अनुसार सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल कार्यालयमा मृत अवस्थामा भेटिएका हुन् ।

बस्याल सीमा सुरक्षा गुल्ममा कार्यरत थिए ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले पनि डीएसपी बस्याल मृत्यु अवस्थामा भेटिएको पुष्टि गरेका छन् ।

डीएसपी बस्यालले आत्महत्या गरेको शंका गरिएको छ । थप अनुसन्धानपछि वास्तविकता खुल्ने डीआईजी खापुङले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eight =