गठबन्धन भत्काएपछि राष्ट्रपति भेट्न शितल निवास जाँदै प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शितल निवास जाने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल शितल निवास जान लागेका हुन् ।

नयाँ समीकरणबाट संघीय सरकार बनाउने समझदारी बनेपछिको परिस्थितिलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री राष्ट्रपति निवास जान लागेका हुन् ।

आजै नयाँ गठबन्धनबाट सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारीमा प्रधानमन्त्री दाहाल छन् ।

माओवादी, एमाले, रास्वपा र जसपासहित नयाँ गठबन्धन बनेको छ ।

प्रधानमन्त्री दाहाल नयाँ गठबन्धनका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेपछि शितल निवास जान लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =