म्यानचेस्टर डर्बीमा सिटीको पुनरागमन जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्बी सिटीले जितेको छ । गएराती इथियाड स्टेडियममा सम्पन्न खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा म्यानचेस्टर युनाइटेडले खेलको आठौँ मिनेटमा मार्कस राशफोर्डको गोलमा सुरुवाती अग्रता लिएपनि म्यानचेस्टर सिटीले खेलको दोस्रो हाफमा कमब्याक गर्दै खेल जितेको थियो ।

म्यानचेस्टर सिटीका लागि फिल फोडेनले खेलको ५६ र ८०औं मिनेटमा गोल गरेका थिए भने इर्लिंग हालाण्डले ९१औं मिनेटमा एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको २७ खेलमा ६२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको लिभरपुल एक अंकले अगाडी रहेको छ ।

त्यसैगरी म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा ११औं हार हो । २७ खेलमा ४४ अंक रहेको युनाइटेड लिगमा छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *