८ खेल खेल्न आयरल्यान्ड ‘ए’ टिम नेपाल आउँदै

काठमाडौं । आयरल्यान्डको ’ए’ टिमले नेपाल भ्रमण गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टेस्ट टिम आयरल्यान्डको ए टिमले नेपालको सिनियर टिम र ए टिमसँग सिरिज खेल्नेछ ।

नेपालको सिनियर टिम र आयरल्यान्ड ’ए’ बीच चैत ११ मा टी–२० खेल हुनेछ । यस्तै चैत १२ मा नेपाल र आयरल्यान्डको ए टिमले दोस्रो टी–२० खेल खेल्नेछन् ।

त्यसपछि नेपालको ’ए’ टिम र आयरल्यान्डको ’ए’ टिमबीच तीन खेलको टी–२० सिरिज र तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।

चैत १५, १६ र १८ गते टी–२० खेल हुनेछन् । यस्तै चैत २१, २३ र २५ गते एकदिवसीय खेल हुनेछन् ।

नेपालले आगामी जेठ दोस्रो सातादेखि हुने टी–२० विश्वकपको तयारीका लागि सिरिज खेल्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =