मिटरब्याज पीडित भन्छन्- ‘खानेकुरा सबै भिज्यो, सरकारले नागरिकको व्यवहार गरेन’

काठमाडौँ । मिटरब्याजी पीडितहरूले सरकारले आफूहरूलाई देशका नागरिकको व्यवहार नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आइतबार काठमाडौँ केन्द्रित दोस्रो चरणको आन्दोलनका क्रममा उनीहरूले यस्तो बताएका हुन् । उनीहरूले केही दिन यता काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका छन् । आइतबार पानीमा भिज्दै आन्दोलनमा होमिएका उनीहरूले आफूहरू पीडित भएपनि सरकारबाट कुनै माग सम्बोधन नभएको बताए ।

उनीहरूले सरकारले जनतालाई दया माया नदेखाएको उनीहरूको आरोप छ । उनीहरूले काठमाडौँमा आफूहरूलाई बस्ने ठाउँ नभएको र आजको वर्षाले खानेकुराहरू सबै भिजेकाले के खाने र कहाँ बस्ने भन्ने चिन्ता भएको बताए । उनीहरूले आन्दोलनका क्रममा अस्वस्थ भइसकेको भन्दै सरकारबाटै आफू हेपिएको बताए । सरकारले आफैँले बनाएको कानून कार्यान्वयन नगरेको आरोप समेत लगाए

उनीहरूले भने, ‘हामीले खाना पानी केही पनि पाएका छैनौँ । हामी पीडित छौँ सरकार कुरा सुन्नै चाहँदैन । माया नै लाग्दैन, जनताको भन्छ जस्तो छ । बस्ने सबै ठाउँ भिज्यो, चामल भिज्यो, तरकारी भिज्यो कसरी खाना खाने । हाम्रो कपडा सबै भिजेको छ, राति कहाँ सुत्नु । सरकार यति अन्धो भयो की हामी जनता हौँ भन्ने पनि सोचेन । हामी अस्वस्थ भइसक्यौँ, रोगी छौँ । सरकारले हामीलाई हेरेन । कानूनको कार्यान्वयन गर्दैन । काँग्रेस, एमाले, सिके राउतका नेता सबै नेताहरू आए तर काम कसैले गरेनन् । कामका लागि आएका भए एकै दिनमा काम गरिदिन्थे ।’

मिटरब्याज पीडितहरूले गत माग १६ गतेबाट मिटरब्याज विरुद्धको न्याय मार्च झापाको काँकडभिट्टाबाट निकालेका थिए । अझै आफूहरूको माग सम्बोधन गर्न सरकार गम्भिर नभएको भन्दै संघर्ष समितिका प्रवक्ता नविनले आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 9 =