एमाले उपाध्यक्ष पौडेललाई २ सय किलोको माला
२०८० फागुन २० गते

तस्बिर : सामाजिक संजाल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई जनकपुरधाममा २ सय किलोको मालाले स्वागत गरिएको छ ।
धनुषामा जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनमा सहभागी हुन गएका पौडेललाई जनकपुर विमानस्थलमा पार्टीका कार्यकर्ताहरूले २ सय किलोको माला लगाएर स्वागत गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि बनाइएको माला उनी नआएपछि उपाध्यक्ष पौडेललाई लगाइएको हो ।
पछिल्लो समय नेताहरुलाई बिभिन्न सार्वजनिक कार्यक्रमा मालाले स्वागत गर्ने गरिएको छ ।
२०८० फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित








