शालीन पोखरेल मृत्यु प्रकरणमा अनुसन्धानका लागि निर्देशन दिइसकेको छु– प्रधानमन्त्री दाहाल
२०८० फागुन १९ गते

चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलका परिवारलाई न्याय दिन प्रतिवद्ध रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्।
उनको आत्महत्या हो कि, हत्या भन्ने. विषयमा अनुसन्धान भइरहँदा प्रमुख प्रतिपक्षि दलले पनि सरकारसँग जवाफ मागेको थियो।
एमाले अध्यक्षले चासो राखे लगतै प्रधानमन्त्री दाहालले आफूले घटना लगतै अनुसन्धानका लागि गृह मन्त्रीलाई आवश्यक निर्देशन दिइसकेको बताएका हुन्।
‘शालीन पोखरेलको मृत्युले मलाई गम्भीर र दुखी तुल्याएको छ। घटनाको गहन छानविन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु। घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध छ’, प्रधानमन्त्री दाहालले भनेका छन्।
२०८० फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित








