मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

मछिन्द्र फुटबल क्लबले केपी ओली कपको उपाधि जितेको छ। शनिबार एनआरटीलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै मछिन्द्रले उपाधि रक्षा गरेको हो।

विवेक गुरुङ अन्तिम पेनाल्टी प्रहारमा चुकेपछि एनआरटी उपाधिमा चुक्यो। मछिन्द्रले लगातार दोस्रो संस्करणमा पनि उपाधि जितेको हो।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । उपाधिसहित मछिन्द्रले १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको एनआरटीले ५ लाख रुपैयाँ पाएको छ।

प्रतियोगितामा २ विदेशी सहित १० टिम सहभागी थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *