महायज्ञको हवन कुण्डमा भीषण आगलागी

काठमाडौं । अछामको साँफेवगरस्थित वैद्यनाथ धाममा जारी कोटी होम महायज्ञको हवन कुण्डमा आगलागी भएको छ ।

शनिवार दिउँसो करिब १ः३० बजे हवन कुण्डमा आगलागी भएको स्थानीय राज बोगटीले बताए ।

१ सय ४४ वर्षमा एक पटक लाग्ने कोटी होम महायज्ञको हवन कुण्डमा के कसरी आगलागी भएको हो भन्ने विषय भने खुलेको छैन ।

यद्यपि तेलको ठाउँमा मट्टितेल पर्दा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

फागुन १० गतेदेखि शुरु भएको कोटी होम फागुन २५ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 15 =