नेपालको आक्रामक बलिङ, नेदरल्याण्ड्सको छैटौं विकेट पतन

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको निर्णायक खेलमा नेपाललाई छैटौं सफलता मिलेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सका ६ ब्याटर १० ओभरमै पेभेलियन फर्किएका छन् ।

१० औं ओभरको खेलमा स्पिनर कुशल मल्लले दुई विकेट लिए ।

ओभरको पाचौं र छैटौ बलमा उनले लगातार विकेट लिएका हुन् ।

पाचौं बलमा नोह कोरेसलाई अविनाश बोहराको हातबाट क्याच आउट गराएका कुशलले छैटौं बलमा आर्यन दत्तलाई बोल्ड गरे ।

१० ओभरभित्र ६ विकेट गुमाउँदै नेदरल्यान्ड्स संकटमा परेको छ ।

यसअघिको ओभरमा प्रतिश जिसीले २ विकेट लिँदै नेदरल्यान्ड्सलाई ब्याकफुटमा पुर्याएका थिए ।

करण केसीले पहिलो ओभरमा दुई विकेट लिँदै दिलाएको उत्कृष्ट सुरुवातलाई अन्य बलरले निरन्तरता दिएका हुन् । यो समाचार तयार पार्दासम्म नेदरल्यान्ड्सले १० ओभरमा ६ विकेट गुमाउँदै ६० रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =