दशगजामा प्रहरी र स्थानीयबीच झडप, दुवैतर्फ गरी ७ जना घाइते

काठमाडौं । झापाको पुर्वी नाका मेचीनगरमा सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी र नेपाल-भारत सामान ओसारपसार गर्ने स्थानीयबीच झडप भएको छ झडपमा परी हुँदा एक सशस्त्र प्रहरीसहित ७ जना घाइते भएपछि त्यहाँ तनाव सिर्जना भएको हो ।

सशस्त्र प्रहरीका सवारी चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका नेपाल-भारत सीमा पिलर ९०-२-९०-३ नजिकै भारतबाट अवैध रुपमा सामान ल्याउदै गर्दा सशस्त्र प्रहरीले सामान नियण्त्रणमा लिन खोज्दा झडप भएको प्रहरी स्रोतको भनाई छ । प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि त्यसको प्रतिकारमा घटना भएको बताइन्छ ।

सशस्त्र प्रहरीले धारिलो हतियार प्रहार गरेको खुलेको छ । उपचारका लागि अस्पतालमा भर्ना भएका अधिकांश घाइतेहरुको शरिरमा धारिलो हतियारको चोट लागेको बिएण्डसि अस्पतालका चिकित्सकहरुले बताएका छन् । घाइतेहरुको बिएण्डसि अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका प्रहरी टोलीसँग स्थानीयको झडप भएको हो ।

धारिलो हतियार प्रहारबाट दीपा बातर, हरि बातर विषेश राजवंशी, मिलन चापागाईं, दीपक बातर र आनह यादव घाइते छन् । उनीहरुको हात र शरिरमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीले घटनाबारे अनुसन्धान भइरहेको बताउनु भएको छ । घटना लगत्तै घटनास्थल र आसपासको क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *