विद्यालयको पढाइले मात्र पठन संस्कृतिको विकास हुँदैन : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली विद्यालयको पढाइले मात्रै पठन संस्कृतिको विकास नहुने बताएका छन् ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन आज यहाँ उद्घाटन गर्दै उनले पढ्न संस्कृतिको विकास गर्नका लागि हरेक नागरिक सचेत हुनुपर्नेमा बताए । खोज, अनुसन्धान, लेखन र सिर्जनशीलको विकास गर्नसके पठन संस्कृतिको विकास गर्न सकिने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले कोरोना महामारीपछि सबै राष्ट्र पुनरुत्थान भइसक्दा पनि नेपालको अर्थतन्त्र भने कोभिडका कारण कमजोर भयो भन्नुको कुनै अर्थ नभएको उल्लेख गरे । ‘अहिलेको अर्थतन्त्र कोरोना भाइरसले ओरालो लागेको होइन । यदि कोरोना भाइरसले अर्थतन्त्र ओरालो लाग्थ्यो भने अमेरिका, चीन भारतलगायत देशको अर्थतन्त्र ऋणात्मकमा झरेको हुने थियो’, उनले भने ‘सबै देश पुरुत्थानमा भइसके । तर हामी जहाँको त्यही छौँ ।’

उनले नेपालको राजनीतिक परिस्थितिमा कुन बेला को सरकारमा हुन्छ को हुँदैन भन्ने कुरा भन्न नसक्ने अवस्था रहेको बताए । अध्यक्ष ओलीले एमाले इतिहास र जिम्मेवारी बोकेका देश बनाउने भिजन रहेको पार्टी रहेको बताए ।

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पुस्तकले मानिसको ज्ञान बढाउने भन्दै अहिले सामाजिक सञ्जालको कारणले पठन संस्कृति हराउँदै गएको बताए । उनले पुस्तकमा सरकारले अनावश्यक कर लगाउन नहुने भनाइ राखे । भोलिसम्म सञ्चालन महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *