इलाममा चुनाव जित्ने रास्वपाको लक्ष्य, एकैदिन जाँदैछन् यी ६ सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनको तयारीका लागि ६ सांसद इलाम पठाउने भएको छ । आगामी वैशाख १५ गते इलाम २ मा हुन लागेको उपनिर्वाचनका लागि ६ स्थानमा ६ सांसद खटाउने निर्णय गरेको हो ।

महामन्त्री मुकुल ढकालका अनुसार सांसद सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिकामा जानेका छन् ।

महामन्त्री ढकालले स्थानीय आवश्कता हेरेर उम्मेदवार खडा गर्ने बताए । उनले भने, ‘स्थानीय आवश्कता र भूगोलको पहिचान बुझेको नेता उठाइन्छ । हाम्रो थप एक ससक्त सासद सभामा प्रवेश गर्नुहुने छ ।’

उनीहरु फागुन १८ गते साँझ पुग्ने छन् भने १९ गते इलाममै रहने र २० गते बिहान ६ पालिकाको कार्यक्रम सकेर काठमाडौं फर्किने कार्यक्रम तय भएको उनले बताए । इलाममा रहँदा सबै सांसदहरुले स्थानीयसँग भेटघाट र छलफल गर्ने उनको भनाइ छ । रास्वपा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी यसअघि नै इलाममा पुगिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *