नेपालको उपाधि सपना ११ औं पटक अधुरै, टाइब्रेकरमा जोर्डनलाई उपाधि

वाफ महिला च्याम्पियनसिप २०२४ को उपाधि जित्ने नेपालको सपना अधुरै भएको छ। फाइनलमा बिहीबार राति जोर्डनसँग पराजित हुँदा ११ औं पटक उपविजेतामा सिमित बन्न पुगेको हो।

नेपालकी अमिसा जोशी टाइब्रेकरमा गोल गर्न चुक्ता नेपाल उपाधिबाट टाढिन पुग्यो। जोर्डनका ५ जनाले नै गोल गर्दा अन्तिम पेनाल्टी प्रहार अधि नै उपाधि पक्का गर्यो।

त्यसअघि खेलमा नेपालले अग्रता लिए पनि जोगाउन सकेन भने दोस्रो हाफमा पछि परेको अवस्थामा बराबरी गोल फर्काउँदै उपाधि होड कायम राखेको थियो।

२९औं मिनेटमा सविता राना मगरको गोलमा नेपालले अग्रता लिएको थियो।

जोर्डनले नेपालको अग्रतापछि लगातार दबाब बनाउँदै दोस्रो हाफमा लगातार २ गोल गर्दै अग्रता लिएको थियो।

तर खेलको अन्तिमतिर नेपालले पेनाल्टी पाएपछि खेल बराबरीमा टुंगिएको थियो। त्यसपछि टाइब्रेकरमा नेपाल पराजित हुन पुग्यो।

नेपाल ११ औं पटक फाइनल खेलेको हो। तर अहिलेसम्म एक पटक पनि उपाधि जित्न सकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *