जोर्डनविरुद्ध सविताको गोलमा नेपाललाई अग्रता
२०८० फागुन १७ गते

वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा जोर्डनविरुद्ध नेपालले पहिलो हाफमा १–० को अग्रता बनाएको छ। २९औं मिनेटमा सविता राना मगरको गोलमा नेपालले अग्रता लिएको हो।
पहिलो हाफको खेल सकिँदा नेपाल १–० ले अघि छ । सविता पहिलो पटक सुरुवाती ११ मा परेकी हुन्।
रेखा पौडेलको पास जोर्डनले क्लियर गर्न नसकेपछि सविताले बक्सको छेउबाट गरेको प्रहारले पोस्टको दिशा लियो ।
जोर्डनले नेपालको अग्रतापछि लगातार दबाब बनाएपनि गोल गर्न सकेको छैन।
नेपाल ११ औं पटक फाइनल खेल्दै पहिलो उपाधिको खोजीमा छ ।
२०८० फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित








