वाफ वुमन्स च्याम्पियनसिप फाइनल : साम्बा नहुँदा रस्मीले पाइन् मौका

वाफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल्ने नेपाली महिला टिमको सुरुवाती टोलीमा रस्मी घिसिङले मौका पाएकी छन्।

नेपालले वाफ वुमन च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग खेल्दैछ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सावित्रा भण्डारीको स्थानमा रश्मी कुमारी घिसिङलाई मौका दिएका हुन्।

फिफा विन्डो बाहिर फाइनल भएपछि सावित्राले फाइनल गुमाएकी हुन्।

नेपाली टोलीमा नियमित गोलकिपरमा एन्जिला शुब्बा रहदाँ पुजा राना, अमृता जैशी, हिरा भुजेल, गिता राना, रेखा पौडेल, प्रिति राई, सबिता राना मगर, अमिशा कार्की र दीपा शाही सुरुवाती टोलीमा यथावत छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *