देशको अर्थतन्त्र झनै खस्किँदो अवस्थामा छ : सांसद हरिराम चौधरी

काठमाडौँ । राष्ट्रिय सभा सदस्य हरिराम चौधरीले देशको अर्थतन्त्र झनै खस्किँदो अवस्थामा रहेको बताएका छन् ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का सिद्धान्त र प्राथमिकताबारे छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले विदेशबाट खाद्यान्न किनेर वा विदेशबाट पेट्रोल, डिजेलहरू ल्याएर पनि अर्थतन्त्र बाहिरी रहेको बताए । उनले पछिल्लो समय नेपाली विद्यार्थीहरूको विदेश पलायनका कारण पनि अर्थतन्त्रको ठूलो हिस्सा बाहिरी रहेको जिकिर गरे । उनले यसबारेमा सरकारले आगामी आर्थिक वर्षको सिद्धान्त र प्राथमिकताबारेमा विशेष ध्यान दिन आवश्यक रहेको बताए ।
उनले भने ‘अहिले हाम्रो देशमा अर्थतन्त्र व्यापक खस्किँदो अवस्थामा छ । अर्थतन्त्र खस्किने अवस्था के हो ? के हामीले विदेशबाट खाद्यान्न किनेर वा विदेशबाट पेट्रोल, डिजेलहरू ल्याएर वा कुनै अरु चिजका कारणले मात्रै पनि यो देशको अर्थतन्त्र बाहिर गएको छैन । अर्थतन्त्र बाहिर जान नदिन हामीले यो देशमा केही गर्नसक्ने काम छन् । जस्तै अहिले पनि सबैभन्दा बढी हामीले खाद्यान्न वा डिजेल, पेट्रोलबाट अर्थतन्त्र बाहिर गएपनि अहिले पछिल्लो पटक विद्यार्थीको पलायनले सबैभन्दा ठूलो असर अर्थतन्त्रमा परेको छ । हामीले सैद्धान्तिक रुपमा प्राथमिकतामा जोड दिनुपर्छ । नेपालमै उच्च शिक्षा दिन सक्नुपर्छ ।’
उनले नेपालमै उच्च शिक्षा दिन सक्नुपर्ने बताए ।








