संसद र संसदीय समिति पेपरलेसमा जानुपर्छ : प्रकाश पन्थ

काठमाडौँ । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले संसद र संसदीय समिति पेपरलेसमा जानुपर्ने बताएका छन् ।

बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले पेपरलेसमा जानुपर्ने आवश्यकता भइसकेको बताएका हुन् । उनले सांसदहरूको भुमिका संसदप्रति जिम्मेवार र जबाफदेही हुनुपर्ने बताए । उनले कागजका पाना बोकेर हामी हिँड्नु उचित नहुने बताए । उनले संसद र समितिले सूचना प्रविधिको प्रयोगलाई बढी भन्दा बढी प्रयोग गर्न आवश्यक रहेको बताए ।

उनले भने ‘सांसदहरूको भुमिका संसदप्रति जिम्मेवार र जबाफदेही बनाउनुपर्छ । संसदीय निगरानीका दृष्टिले प्रत्यक्ष स्थानीय तहमा दर्जनौँ पटक पुगेका छौँ । सभा समितिहरू अब अलिकति स्मार्ट हुन आवश्यक छ । पेपरलेस हुन जरुरी छ । कागजका पाना बोकेर हामी हिँड्नु हुँदैन अब । सूचना प्रविधिको प्रयोगलाई बढी भन्दा बढी प्रयोग गर्न आवश्यक छ । सचिवालयलाई पेपरलेस नै बनाउनतिर जानुपर्छ भन्ने सुझाव दिन्छु । दुई कोठा कागजपत्र भइसक्यो कहाँ लैजाने भन्ने चिन्ता छ । पेपरलेसमा हामी अब जानुपर्छ ।’

उनले अबको संसद र संसदीय समिति पेपरलेस हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =