देशमा राजश्व संकलन नहुने र विनियोजित बजेट खर्च नहुने समस्या छ : सांसद शर्मा

काठमाडौँ । राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले देशमा राजश्व संकलन कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नहुने समस्या विकराल बन्दै गएको बताए । उनले देश अहिले आक्रान्त रहेको बताए । उनले सरकारको ध्यान चाँडो भन्दा चाँडो यसतर्फ केन्द्रित हुनुपर्ने बताए ।

उनले भने ‘यो देशको विकास र समृद्धिसँग जोडिएका दुई ठूला समस्या भन्न चाहन्छु । एउटा यो देशमा राजश्व संकलन नहुने र विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नहुने दुई ठूला गम्भीर समस्याका कारण देश आक्रान्त छ । त्यसकारण यो समस्याको मुख्य चुरो कुरा के हो ? यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले देशको विकास र समृद्धिसँग जोडिएका कुरालाई सरकारको आवश्यक चासो दिन नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =