फाइनल खेल्न नपाएपछि साम्बा भन्छिन्- टिमले उपाधि घर लिएर जानेमा विश्वस्त छु

काठमाडौँ । महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ले फाइनल खेल्न नपाएपनि टिमले जित हासिल गर्नेमा विश्वास रहेको बताएकी छन् । साउदी अरेबियामा आज राति हुने पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ)को फाइनलमा खेल्न नपाएकी साम्बाले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् ।

क्लबसँगको सम्झौताका कारण खेल्न नपाएपछि उनले टिमले फाइनल जितेर उपाधिसहित घर फर्किने बताइन् । साम्बा हाल फ्रान्सको महिला लिग क्लब इए गुइनगाम्पबाट खेलिरहेका छन् । क्लबले फिफा विन्डो अवधि भर उनलाई राष्ट्रिय टिममा खेल्ने अनुमति दिएको र सो अवधि फेब्रुअरी १९ देखि २८ सम्म रहेकाले फाइनल खेल्न नपाएकी हुन् ।

साम्बा फाइनल अघि राष्ट्रिय टिम छोडेर फ्रान्सतर्फ लागेकी छन् । उनलाई टिमका सदस्यले बिदाइ गरेको एन्फाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *