फागुन १७ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. फागुन १७, २०८० । ई.सं. 29 Feb, 2024 । शक संवत् १९४५ । नेपाल संवत् ११४४ सिल्लागा । पिङ्गल उत्तरायण शिशिर । बिहीबार फाल्गुण कृष्णपक्ष । तिथि पञ्चमी ०२:४० बजेसम्म, त्यसपछी षष्ठी । नक्षत्र चित्रा ०७:४५ बजेसम्म, त्यसपछी स्वाती । योग वृद्धि १५:३२ बजेसम्म, त्यसपछी ध्रुव । करण कौलव १४:०५ बजेसम्म, त्यसपछी तैतिल ०२:४० बजेसम्म, त्यसपछी गर । चन्द्रराशि तुला । आनन्दादि योग चर । दिनमान ११:३२ । सूर्योदय ६:३१ । सूर्यास्त १८:०३ । योगी नरहरिनाथ जन्मजयन्ती । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ष प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सेवामूलक कार्यबाट सफलता मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । स्वास्थ्य बिग्रने भएछ, सचेत रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आँटेको काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले प्रेम जीवनमा अप्ठ्यारो पनि पार्न सक्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज घरपरिवार सँग रमाइलो तरिकाले समय बित्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनपर्ने खानाको परिकार खान पाइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहनेछ, तर व्यापार व्यवसायमा नोक्सानी हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज व्यापार र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मानसिक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा अवरोध हुने र मनमुटाव बढ्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जमघटमा सहभागीको अवसर मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *