युट्युबर मनोज मानव कारागार चलान
२०८० फागुन १६ गते

युट्युबर मनोज मानव पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौँले मनोजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो।
अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
साइबर अपराध सम्बन्धी मुद्दामा उनलाई साइबर ब्यूरोले पक्राउ गरेको थियो।
तारा बरालको उनीविरुद्ध जाहेरी दिएकी थिइन्। यसअघि पनि पक्राउ परेका उनी धरौटीमा रिहा भएका थिए। तर फेरि पनि उस्तै गतिविधि गरेपछि उनी पुनः पक्राउ परेका थिए।
२०८० फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








