कैलालीमा नाबालकले गरे युवतीमाथि बलात्कार

काठमाडौं । कैलालीमा एक नाबालकले युवतीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

(सोमबारजिल्लाको लम्कीचुहा नगरपालिका–१ का १७ वर्षीय गिरी थरका एक नाबालकले युवतीमाथि जबर्जस्तिकरणी गरेका हुन् ।

प्रहरी स्रोतका अनुसार २५ वर्षीया स्थानीय युवतीमाथि ती नाबालकले करणी गरेको स्वीकार गरेका छन् । उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर करणी गरेको प्रहरीको दाबी छ ।

करणी गरेको युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएकोमा घटना सार्वजनिक भएको हो ।

करणी गर्ने नाबालकलाई जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा पठाइएको छ । यस्तै घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =