जब पारस शाहले विद्यार्थी बोकेको बसमाथि पेस्तोल ताके…

काठमाडौं । विभिन्न हर्कतका कारण चर्चामा आइरहने पूर्व युवराज पारस शाहले चितवनमा विद्यार्थीलाई घरतर्फ छाड्न गइरहेको बसमाथि पेस्तोल देखाएको बताइएको छ ।

चितवनको सनराइज स्कुलका विद्यार्थीलाई घर छाड्न गइरहेको गाडीमा पारसले पेस्तोल देखाएर तथानाम गालीगलौज गरेको बताइएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नविन श्रेष्ठले विद्यालयको बस रोकेर पेस्तोले देखाएको भन्ने आफूले सुनेको तर, कसले देखाएको हो भन्ने पहिचान भने नभइसकेको बताए ।

उनले यस विषयमा आफूलाई यो भन्दा बढी थाहा नभएको र अहिले विद्यालयभन्दा बाहिर रहेको जानकारी दिए ।

उक्त विद्यालयका प्रधानाध्यापक शिव बगालेले घटनाबारे बस चालकले आफूहरुलाई जानकारी गराएको बताए । तर, घटनामा संलग्न ब्यक्ति पूर्व युवराज पारस हुन् वा होईनन् भन्ने कुराको यकिन नभएको उनको भनाइ छ । उनले तीब्र गतिमा आएको कालो रङको गाडीलाई विद्यालयको बसले अवरोध गरेपछि उक्त गाडीबाट उत्रिएर ड्राइभरसँग भनाभन भएको र पछि कम्मरबाट कुनै वस्तु निकालेको तोकेको भनेर ड्राइभरले जानकारी गराएको बताए ।

उक्त घटना पनि सिभिल प्रहरीले विद्यालयमा आएर सबै कुरा बुझेको र ड्राइभरसँग पनि सोधपुछ गरेको बताए । तर, ब्यक्ति को थियो भन्ने बारे प्रष्ट भने नभएको उनको भनाइ छ ।

नेपाल क्रिकेट एशोसिएशन (क्यान) बागमती प्रदेश सदस्य अनिल अधिकारीले उक्त घटनाबारे सामाजिक सञ्जालमा लेखेका छन् । साथै, उनले उक्त घटनाबारे सरोकारवाला निकायमा जानकारी गराएपनि गुपचुप राख्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन् :

चितवनको सनराइज स्कुलको विद्यार्थी बोकिरहेको स्कुल बस ड्राइभरलाई केही दिनअघि पूर्व युवराज पारस शाहले बन्दुक देखाएर तथानाम गाली गरेको घटनाको बिषयमा स्कुलको प्रचार्य शिव बगाले सरलाई कार्यकक्षमा भेटेर जान्कारी लिएँ । फोनबाट चितवन प्रहरी प्रमुख भावेश्वोर रिमाल, नेपाली कांग्रेस चितवनका पार्टी सभापति राजेश्वोर खनाल्, भरतपुर माहनगर मेयर रेणु दाहाल्, नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, चितवन क्षेत्र नम्बर २ की सभासद शान्ती परियार्, नेताहरु जित नारायन श्रेष्ठ, टेक प्रसाद गुरुङ, कृष्ण राज लब्लीलाई जान्कारी गराएको छु । केहि विद्यार्थी र युवा नेताहरुलाई घटनाको जान्कारी छ । सनराईज स्कुलको विद्यार्थी तथा स्टाफहरु सबलाई थाह छ ।उनीहरु सबै बोल्न डराइरहेका छन् ।प्रहरीले घटनाको अनुसन्धान गर्दै छ भनेर पन्छिएका छन् । प्राचार्य शिव बगाले शुरुमा प्रहरीइले घटनाको अनुसन्धान गर्दै छ । हामी किटानी जाहेरी दिदैनौं भनेर पन्छिन खोजे । प्रहरीले शुरुमा अनाकानी गरे पनि अनुसन्धान गर्दै छौं भनेको छ । धेरैलाई यो घटना हाँसो लाग्दो, केहीलाई ग¥यो त ग¥यो के भयो त भन्ने लागेको छ भने केहीलाई यस्तो कुरा केही होईनजस्तो लागे नि विद्यार्थी बोकिरहेको स्कुल बसमा भएको यो घटना त्यतिकै गुपचुप रहन्छ कि अघि बढ्छ केही दिनमा थाह हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 7 =