इण्डोनेसियामा पहिरो : ४ जनाको मृत्यु, ६ घाइते
२०८० फागुन १५ गते

एजेन्सी । इण्डोनेसियाको दक्षिणी सुलावेसी प्रान्तमा सडकमा पहिरो जाँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन् ।
दक्षिण सुलावेसी प्रकोप न्यूनीकरण एजेन्सीका कार्यवाहक प्रमुख एमसन पान्डोलोले स्थानीय समयअनुसार साेमबार बिहान करिब ९ बजे बास्टेम उतारामा भीषण वर्षाका कारण पहिरो गएको बताए ।
पहिरोबाट २० जनाभन्दा बढी प्रभावित भएको बताइएको छ। पहिरोमा १० भन्दा बढी मोटरसाइकल र दुईवटा कार पुरिएको छ । वर्षायाममा इण्डोनेसियामा बाढी र पहिरोजस्ता प्रकोपहरू प्रायः हुने गर्दछ ।
२०८० फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








