फुटबल प्रतियोगिता समयमै हुनेगरी योजना बनाउन आवश्यक छ : टंकलाल घिसिङ

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले फुटबल प्रतियोगिता समयमै शुरु गर्नेगरी कार्यक्रम बनाउन आवश्यक रहेको बताएका छन् ।

सोमवारको एन्फा साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

विगतमा समयमै शुरु हुनेगरी फुटबलका कार्यक्रम र योजनाहरू बन्न नसकेको स्मरण गराउँदै बैले थाहा पाउने र सबैले देख्नेगरी समयमा नै कार्यक्रम बनाउनु र शुरु गर्नु नै अहिलेको मुल विषय भएको बताए ।

उनले स्थानीय स्तरको खेल मैदानका निमित्त स्थानीय तहले नै कार्यक्रम बनाइरहेकाले संघले मरिमेट्न आवश्यक नरहेको जिकिर गरे ।

उनले भने, ‘प्रदेश स्तरको, स्थानीय स्तरको खेल मैदानका निमित्त कार्यक्रम स्थानीय सरकारहरू आफैँले बनाइरहेका छन् । प्रदेश सरकारहरू आफैँले बनाइरहेका छन् । संघले धेरै मरिमेट्नुपर्ने जरुरी छैन । सबैले फुटबल ग्राउण्ड प्राथमिकतामा राखेर बनाइरहेका छन् । राष्ट्रिय स्तरका ठूला पूर्वाधारका निमित्त केन्द्र सरकारले काम गर्नुपर्छ । हामीले व्यावसायिक खेलकुद प्रतियोगिताहरूलाई कसरी अघि बढाउने भन्नेबारेमा सोचिरहेका छौँ । अब नेपाली फुटबलका यस्ता कार्यक्रमहरू यसरी हुँदैछ भन्ने किसिमको सबैले थाहा पाउने र सबैले देख्नेगरी समयमा नै कार्यक्रम बनाउनु र शुरु गर्ने नै अहिलेको मुल विषय हो ।’

उनले स्थानीय सरकारहरू आफैँले पछिल्लो समय खेलकुदको विकासका लागि काम र कार्यक्रम अघि बढाइरहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =