शंकास्पद बिलबिजक भएको ७० लाखको लत्ता बरामद

वीरगञ्ज । पर्सा प्रहरीले शंकास्पद बिलबिजक भएकाे ७० लाख रुपैयाँ बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका- २५ बहुअरीबाट आइतबार राति सशस्त्र प्रहरीले वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको बिलबिजक शंकास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित नियन्त्रणमा लिएको हो ।

लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मूल्य ४० लाख मूल्यांकन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *