सेतीमा माछा मार्न गएका तामाङको मृत्यु, रक्सेस बेपत्ता

कास्की । पोखरा महानगरपालिका-१७ महतगौडास्थित सेती नदिमा माछा मार्ने क्रममा बेपत्ता एकको शव सशस्त्र प्रहरीले निकालेको छ भने अन्य एकको खोजी कार्य जारी छ ।

माछा मार्न गएका ५ जनामध्ये सोही महानगरपालिका-१ कसेरी बस्ने ४० वर्षका मृत मंगा तामाङको शव ढुङ्गामा अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गएको गोताखोर र विपद् उद्धार टिमसहितको फौजले गए राती पौने १ बजे शव निकालेको हो ।

सोही ठाउँ बस्ने ४३ वर्षका रक्सेस तामाङको गोताखोर र विपद् उद्धार टिमले खोजी कार्य जारी राखेको छ । शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =