महन्थलाई झाको आग्रह– पार्टी छोडेर सन्यास र मुक्तिको बाटोमा जानुहोस् (भिडिओ)
२०८० फागुन १३ गते

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव केशव झाले पार्टी अध्यक्षका कारण पार्टी नै समाप्त हुन लागेको आरोप लगाएका छन् ।
पार्टीभित्र अध्यक्ष महन्थ ठाकुरले पार्टीमा व्यक्तिवादी निर्णय गर्दा पार्टी राजनीतिक रुपमा धराशायी बनेको बताएका हुन् ।
उनले पार्टी अध्यक्ष ठाकुरको कारणले विचार शून्य पार्टी बनेको आरोप लगाए ।
पार्टीभित्र पद लोपुपता, सत्ता मोह झाँगिँदै गएकाले इमानदार कार्यकर्ता बस्न नसक्ने अवस्थामा पुगेको बताए ।
महासचिव झाले आफूले धेरै कोसिस गर्दा पनि पार्टी भित्रको बेथिति निश्तेज पार्न नसकेको बताए ।
पार्टी अध्यक्षले आफैँले कार्यशैली परिवर्तन नगरे ठूलो विद्रोह हुनसक्ने अवस्था पार्टीमा बन्दै गएको बताए ।
२०८० फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








