ऐरी १ रनमा आउट, नेपालको गुम्यो आधा विकेट
२०८० फागुन १३ गते

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । टियू मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले पाँचौँ विकेट गुमाएको छ ।
नेपालका दीपेन्द्र सिंह ऐरी ११ बल खेलेर एक रन बनाउँदै रनआउट भएका छन् । यस अघि कप्तान रोहित पौडेलले १६, आसिफ सेखले १७, कुशल मल्लले २ र अनिल शाहले ७ रन बनाएर आउट भएका थिए ।
यो समाचार तयार गरुन्जेल नेपालले २९ ओभरमा ५ विकेट गुमाएर ९३ रन बनाएको छ ।
२०८० फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








