वाफ महिला च्याम्पियनसिप

प्यालेस्टाइनमाथि ४-० को सानदार जित, नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्षस्थानमा रहेर अन्तिम चारको यात्रा पक्का गरेको हो ।

नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्षस्थानमा रह्यो । नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले २ गोल गर्दा रेखा पौडेल र गीता रानाले १-१ गोल गरे । पहिलो हाफमा रेखाको पासमा साम्बाले गोलको खाता खोलेकी थिइन् । दोस्रो हाफमा साम्बाको प्रहार पोस्टमा लागेर फर्केपछि रेखाले गोल गरिन् ।

त्यसपछि रश्मी कुमारी घिसिङको पासमा साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३-० ले अघि बढाइन् । इन्ज्युरी समयमा साम्बालाई पेनाल्टी क्षेत्रभित्र साम्बालाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । गीताले पेनाल्टीमा गोल गर्दै नेपालको ४-० को जित पक्का गरिन् ।

नेपालले अब सेमिफाइनलमा मंगलबार लेबनानको सामना गर्नेछ । अर्को सेमिफाइनलमा समूह ए को विजेता जोर्डन र प्यालेस्टाइन खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *