नेपाल खेलकुद महासङ्घ उर्लाबारी नगर अध्यक्षमा बिशाल गुरूङ

नेपाल खेलकुद महासङ्घ उर्लाबारी नगर कमिटी गठन भएको छ। आज उर्लाबारी ३ स्थित नेकपा एमालेको पार्टी कार्यालयमा बिशाल गुरुङको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको हो।

उपाध्यक्षमा केशब न्यौपाने र महेश लिम्बू सचिबमा महेश भण्डारी (सक्षम) सहसचिवमा राजिब दियली, बन्दना कोइराला र कोषाध्यक्षमा बिपसा धिमाल चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल खेलकुद महासङ्घ स्थायी कमिटी सदस्य मनोजविक्रम शाहले एमालेको २३ वटा जनवर्गीय संगठनमध्ये २०६६ सालमा स्थापना भएको नेपाल खेलकुद महासङ्घ सबैभन्दा कान्छो भएपनि अन्य जनसंगठन भन्दा अग्रणी स्थानमा रहेको दाबी गरे।

उनले खेलकुदको गतिविधिबाट समाजमा स्वच्छ खेलाडी उत्पादन सँगसँगै राष्ट्र निर्माणमा युवाहरूको भूमिका अग्रणी स्थानमा रहेको बताएका छन्। खेलकुदको गतिविधिले खेलाडीलाई समाजमा स्थापित गराउनु साथसाथै राष्ट्रको समेत नाम राख्ने बताएका छन् ।

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य योगेश बस्नेत, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य ज्योति चौहान, नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य एवं उर्लाबारी नगर इन्चार्ज उमाकान्त गौतम, नेकपा नेकपा एमाले मोरङ जिल्ला कमिटी सचिवालय सदस्य अग्नि भट्टराई लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *