गोरखापत्र डिजिटल डेमा घोषणा : ४१ वटा राष्ट्र भाषाका सामग्री प्रकाशन गर्ने

काठमाडौँ । गोरखापत्र अनलाइनले ४१ वटा राष्ट्रभाषाका सामग्रीहरू प्रकाशन तथा प्रशारण गर्ने भएको छ ।

शनिवार काठमाडौंमा गोरखापत्र संस्थानले मनाएको दोस्रो गोरखापत्र डिजिटल डेको अवसरमा यसबारेमा जानकारी गराइएको हो । कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले प्रविधिको विकाससँगै समयानकुल बनेर पत्रपत्रिकाहरू पनि परिवर्तन गर्नुपर्ने चुनौती पूरा गर्नका लागि गोरखापत्र डिजिटल युगमा प्रवेश गर्ने अभियान सुरु गरेको बताए ।

उनले गोरखापत्रलाई स्मार्ट गोरखापत्रमा परिणत गर्दै लगिएको पनि दाबी गरे । उनले गोरखापत्रलाई प्रविधिसँगै समयानकुल बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।

कार्यक्रममा बोल्दै गोरखापत्र अनलाइनका संयोजक नारद गौतमले अनलाइन प्रणालीमा रहेका सामग्रीहरूको सङ्कलन अनलाइनमाध्यममै सुरक्षित राख्नेगरी संरचना निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अनलाइनलाई डाटा राख्ने गरी प्रविधिमा रूपान्तरण गर्न लागेको बताए । उनले गोरखापत्र अनलाइनलाई गोरखापत्र अंग्रेजी, ४१ वटा राष्ट्रभाषा र नेपाली भाषाको एउटा एग्रिकेटेड अनलाइनको रुपमा अघि बढाइएको बताए ।

उनले भने ‘अबको मार्गचित्र हाम्रो सर्भरलाई डिस्ट्रिबिटेट आर्किटेक्चरमा लैजाँदैछौँ । सङ्कलन गर्नेगरी अघि बढ्दैछौँ । हाम्रा डाटाहरू राख्ने गरी प्रविधिमा रूपान्तरण गर्दैछौँ । ४१ राष्ट्रभाषाको सामग्रीहरू प्रकाशन गर्न गइरहेका छौँ । गोरखापत्र अंग्रेजी, ४१ वटा राष्ट्रभाषा र नेपाली भाषाको एउटा एग्रिगेटेड अनलाइनको रुपमा अघि बढ्छ ।’

उनले आगामी दिनमा गोरखापत्र अनलाइन अझ सशक्त बनेर नागरिकका आवाज बुलन्द गर्नेतर्फ अग्रसर हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *