प्रदेशमा रहेका धार्मिक स्थल प्रदेशकै मातहतमा ल्याइने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोशी प्रदेशमा रहेको धार्मिकस्थल प्रदेशकै मातहतमा ल्याइने बताएका छन्।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीले आज सुनसरीको धरान उपमहानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै मन्त्री किरातीले सो कुरा बताए।

उनले कोशी प्रदेशका पाथीभरा, हलेसी, बराहक्षेत्र, कचनकवललगायत धार्मिक क्षेत्रलाई प्रदेश सरकार मातहत ल्याउने तयारी भएको र यसका लागि आवश्यक नीति निर्माण गरेको जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *